१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चट्याङ लागेर सेना दिवसकै दिन २२ सैनिक घाइते


0
Shares

बैतडी, फागुन २ । नेपाली सेनाले सेना दिवस मनाइरहँदा चट्याङ लागेर बैतडीमा सेनाका २२ जना घाइते भएका छन् ।

मंगलबार साँझ ७ बजेर ५० मिनेटमा अकस्मात परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालिमरत सेनाका २२ जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी सुदीप बानियाँले बताए ।

बानियाँका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।

गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ छन् ।

सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

नेपाली सेनाले शिवरात्रीका दिन आफ्नो दिवस मनाउने गर्दछ ।