३० असार २०८२, सोमबार | Tue Jul 15 2025


प्लास्टिक उद्योगको गोदाममा भीषण आगलागी, दुई करोड रुपैयाँ बराबरको क्षति


0
Shares

संगम पथमा रहेको युनाइटेड प्लास्टिक ईन्डस्ट्रिजको शुभ गौतम ईन्टरप्राईजेजमा लागेको आगो बिहानमात्र नियन्त्रणमा आएको छ ।

गएराति ९ बजेतिर शुरु भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । बुटवल उपमहानगरपालिकाको एकमात्र दमकलले आगो निभाउन नसकेपछि सिद्धार्थनगर, रामग्राम, नवलपरासी, कपिलवस्तु र बाणगंगा नगरपालिकाबाट आएका दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

आगलागीबाट २ करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालक जीवन गौतमले जानकारी दिए ।

गोदाम रहेको घरका धेरै सामानसमेत नष्ट भएको छ ।

यसैबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले आज आगलागी भएको स्थलको निरीक्षण गरेका छन् ।