Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


कांग्रेसले तयार बनायो महासमितिमा पेस गर्ने प्रतिवेदन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा पेस गरिने राजनीतिक तथा आर्थिक प्रतिवेदन तयार भएको छ ।

यही मंसिर २८ गतेदेखि हुने महासमिति बैठकका लागि आवश्यक राजनीतिक, सांगठनिक र अर्थ नीतिसम्बन्धी प्रस्ताव तयार भइसकेकाले केन्द्रीय समितिको जारी बैठकमै यसलाई पेस गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

एक सातादेखि चलिरहेको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफल जारी छ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेस गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौती गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राखेका छन् ।

प्रस्तावित विधान मस्यौदामा ‘एक व्यक्तिः एक पद’को प्रस्ताव गरिएको छ ।

त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ । अनुशासन समिति र लेखा समितिको पनि छुट्टै व्यवस्था मस्यौदामा गरिएको छ ।

Skip This