२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डोलेश्वरबाट साधुसन्तको बिदाइ


0
Shares

भक्तपुर, फागुन २ । भक्तपुरस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वका लागि आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।

शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई बुधबार भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो ।

डोलेश्वर दर्शन गर्न आएका झन्डै ५०० साधुसन्तमध्ये बुधबार ३०० साधुसन्तलाई बिदाइ गरिएको र बाँकी साधुसन्त बिदाइमा सहभागी नभइकन फर्केको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले जानकारी दिए ।

डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराइएको छ ।

‘क’वर्गका साधुसन्तलाई जनही नगद १ हजार १०० रुपैयाँ, ‘ख’ वर्गकालाई जनही ७०० र ‘ग’वर्गकालाई जनही ५०५ रुपैयाँ तथा प्रत्येकलाई एकथान कम्बल र एकथान धोती प्रदान गरिएको छ ।