
सुन्दरकुमार थकाली (इमेज)
मुस्ताङ, फागुन २ । अत्याधिक चिसो बढेपछि बन्द भएका हिमाली जिल्ला मुस्ताङमा सन्चालित शैक्षिक संस्था बुधबारदेखि खुलेका छन् ।
हिउँदे पूरै दुई महिना लामो जाडो बिदापछि ती शैक्षिक संस्थाको दैनिक पठनपाठन बुधबारदेखि सुरु भएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका कुल ५४ सरकारी विद्यालयमध्ये ३६ ओटाको नयाँ शैक्षिकसत्रको पढाइ बुधबारदेखि सन्चालन भएको हो ।
१८ ओटा सरकारी विद्यालयको नयाँ शैक्षिकसत्रको पठनपाठन घुम्ती विद्यालयकोरुपमा पोखरामा सन्चालन भइरहेको छ । ती विद्यालयले हिउँदयामअगावै चालू शैक्षिकसत्र सकेर नयाँ शैक्षिकसत्रको पढाइ पोखरामा सुरुआत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्