
काठमाडौं, फागुन २ । स्वास्थ्यमन्त्री दीपक बोहरा र राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यकारी निर्देशक डा. सिद्धार्थ बज्राचार्यले लेखेको पुस्तक ‘कन्जर्भेसन पगमार्कस्’को विमोचन गरिएको छ ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुस्तक विमोचन गरेका हुन् ।
दीपक बोहरा वनमन्त्री हुँदा गरेका कामहरुलाई पुस्तकमा समावेश गरिएको छ । कालापत्थरमा भएको मन्त्रिपरिषद बैठक, बाघ संरक्षणका प्रयासलगायतका विषयवस्तु पुस्तकमा समेटिएको छ ।
सो अवसरमा मन्त्री बोहराले संरक्षणको क्षेत्रमा अनुसन्धान गर्ने चाहने युवाहरुलाई पुस्तक सहयोगी दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्