२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विद्युत् प्राधिकरणको लापरवाहीः विजुलीको महसुस दोहोर्‍याएर भुक्तानी गर्न बाध्य


0
Shares

-प्रकाश मैनाली/ईमेज:

सर्लाही, असार १४ । सर्लाहीको लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले उपभोक्ता हैरान भएका छन् ।

विद्युत् महसुल भुक्तानी गरे पनि कार्यालयले व्यवस्थित रुपमा रेकर्ड नराख्दा उपभोक्ताले दोहोर्‍याएर भुक्तानी गर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

कम्प्युटर लगायतका आधुनिक प्रविधिको प्रयोगले  कार्यालयका भन्झटिला र अप्ठ्यारा कामलाई पनि सहज बनाएको छ ।

तर त्यसलाई राम्रोसँग व्यवस्थित नसक्दा कम्प्युटर प्रणालीको समेत उपहास हुने गर्दछ ।

नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले तिर्नुपर्ने विद्युत महसुलको कम्प्युटर प्रणालीमार्फत् राख्ने गरेको छ ।

तर नेपाल विद्युत प्राधिकरण सर्लाहीको लालबन्दीका कर्मचारीको लापरबाहीका कारण कम्प्युटरमा राख्नुपर्ने तथ्यांक नराखेर या गलत तथ्यांक राख्दा त्यसको सजाय उपभोक्ताले बेहोर्नुपरेको ईश्वरपुरका उपभोक्ता जयकिशन राय बताउँछन् ।

पटकपटक एउटै भुक्तानी गर्नुपर्दा ठुलो कलकारखानका संचालक अझ बढी मारमा छन् ।

पछिल्लो महिनाको महुसुल चुक्ता गर्न जाँदा अघिल्लो महिनाको बक्यौता बाँकी देखिंदा धेरैलाई आश्चर्यचकित बनाएको छ ।

नियमित भुक्तानी गरिरहेको भएपनि कर्मचारीले कम्प्युटरमा अभिलेख नगर्दा दोहो¥याएर महसुल तिर्नुपरेको बयलवासका उद्योगी अभिषेक गुप्ताको गुनासो छ ।

उपभोक्ताको गुनासै गुनासकोबीच प्राधिकरणका जिम्मेवार अधिकारी भने आफूहरुबाट खासै कुनै गल्ती नभएको भन्दै आरोपबाट पन्छिन खोज्छन् ।

कहिलेकाहीँ प्राविधिक समस्या हुँदा बाहेक उपभोक्ताले भनेजस्तो समस्या नभएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका सूचना अधिकारी नवीन यादवको जिकिर छ ।

कर्मचारीको लापरबाहीले आम उपभोक्तामाथि भएको अन्याय अनुचित छ उपभोक्ताका गुनासालाई फगत् ठान्ने र आफूहरु सधैँ आरोपबाट पन्छिन खोज्नुले कर्मचारीको प्रवृतिलाई प्रष्ट पार्दछ ।

कर्मचारीको मूल जिम्मेवारी भनेको उपभोक्तामैत्री सेवा प्रवाह गर्ने भएकोले त्यसमै केन्द्रित हुनुपर्छ ।

विद्युत प्राधिकरण मात्र नभइ अन्य कार्यालय पनि आप्mना कमजोरीका कारण आम उपभोक्तालाई पर्न गएको असुविधाप्रति सगज हुनपर्छ । ।