१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्री देउवाले बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने


0
Shares

काठमाडौं, फागुन २ । बुधबार (आज) बस्ने भनिएको मन्त्रिपरिषदको बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि बिहीबार बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

बिहीबार बिहान मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए । रासस