
काठमाडौं, मंसिर १९ । व्यक्तिगत निक्षेपमा लगाइँदै आएको ब्याजदरको सीमा हटाउने नेपाल बैंकर्स संघको निर्णयसँगै त्यस्तो निक्षेपको ब्याजदर बढ्ने भएको छ ।
मंगलबार बसेको संघको बैठकले व्यक्तिगत निक्षेपको ब्याजदर स्वतन्त्र रुपले बैंक आफैंले तोक्न सक्ने निर्णय गरेसँगै व्यक्तिगत निक्षेपको ब्याजदर बढ्ने वातावरण बनेको हो ।
संघले व्यक्तिगत निक्षेपमा बैंकहरुलाई ब्याज आफैं निर्धारण गर्न छाडिएकै दिन जनता बैंकले ब्याज बढाएको हो ।
लगानीयोग्य रकमको अभाव खेपिरहेका बैंकहरु निक्षेप बढाउने अभियानमा लागेका छन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्