Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


जनकपुर–जयनगर रुटमा एक वर्षपछि मात्रै आफ्नै रेल


0
Shares

काठमाडौं, मंसिर १९ । सरकारले जनकपुर–जयनगर खण्डमा आफ्नै रेल किनेर सञ्चालन गर्ने भएको छ ।

नेपालसँग आफ्नै रेल तथा जनशक्ति नभएकाले भारतसँग रेलका डब्बा तथा जनशक्ति ल्याएर सञ्चालन गर्ने सहमति भएको थियो । तर, सरकार भने आफ्नै रेल किन्ने योजनामा छ ।

रेल खरिदका लागि १ अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ । जबकि सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ५० करोड रुपैयाँ छुट्याएको छ । अब ५० करोड रुपैयाँ थपे रेल किन्ने रकमको जोहो हुन्छ । –राजधानी दैनिकबाट