१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


राष्ट्रका नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री देउवाले राजीनामा दिने


0
Shares

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने भएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गरेका हुन् ।

उनले आफ्नो मन्त्रिपरिषद्को अन्तिम बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ९ बजेका लागि बोलाएका छन् ।

बैठक सकिएलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

संविधानअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ भएकाले प्रधानमन्त्रीले राजीनामा दिन लागेका हुन् ।