२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


धनकुटामा अनौठो गुफा भेटियो, अवलोकन गर्न आउनेको भीड


0
Shares

धनकुटा, फागुन ३ । धनकुटाको सागुरीगढी गाउँपालिका–४ तीनतलेमा अनौठो गुफा फेला परेको छ ।

शिव पार्वती नाम दिइएको यो गुफाभित्र ढुंगामा कुँदिएका विभिन्न भगवान तथा जिवजन्तुका आकृति देख्न सकिन्छ ।

यो क्षेत्रमा गुफा रहेको पहिलेदेखिनै थाहा भए पनि भित्र रहेका विभिन्न आकृतिका बारेमा भने स्थानीयसमेत अनविज्ञ थिए ।

तर यो बर्ष शिवरात्रीमा मेला लगाउने तयारीका साथ गुफा सरसफाइ गर्दा विभिन्न आकृति भेटिएको स्थानीय बताउँछन् ।

गुफामा पौराणिक कालमा तेत्तीसकोटी देवताको बास रहेको स्थानीयको भनाइ छ ।

गुफाभित्र अनौठा आकृति फेला परेपछि सो हेर्न तथा दर्शन गर्न आउने दर्शनार्थीको घुइँचो बढेको छ ।

कोशी राजर्मागस्थित धनकुटाको सिम्सुवाबाट करिब दुई किलोमिटरको पैदल दुरीमा रहेको सो गुफा करिब २० मिटर लामो र पाँच मिटर चौडा रहेको छ ।