शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा, व्यवस्थापकीय कमजोरी प्रमुख कारण • Image Khabar Image Khabar


शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा, व्यवस्थापकीय कमजोरी प्रमुख कारण


Imagekhabar
३ फाल्गुन २०७४, बिहीबार ०८:५७

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा, व्यवस्थापकीय कमजोरी प्रमुख कारण

-डिल्लीराज पन्त/ईमेज:
कञ्चनपुर, फागुन ३ । प्रचारप्रसारको अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा परेको छ ।

कञ्चनपुरको ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको निकुञ्ज पर्यटनको आकर्षक गन्तव्य भए पनि सरोकारवाला निकायको उदासिनताका कारण ओझेलमा परेको हो ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरी संरक्षण गरिएको हो ।

संरक्षणको क्रममा २०३२ सालमा शुक्लाफाँटा बन्यजन्तु आरक्षको रुपमा स्थापना भयो र २०७३ फागुन ९ गते बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिर्वतन गरियो तर पर्यटनको आर्कषणका हिसावले सम्भावनाको राम्रो केन्द्र हुँदा हुँदै पनि सरोकारवाला निकायको उदासिनता र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको छ ।

आरक्ष राष्ट्रिय निकुञ्जमा परिर्वतन भए संगै यहाँका जनताहरु खुसि त भए जनता संगै यहाँका साना तथा ठुला ब्यवसायीहरु निकुञ्जका कारण धेरै पर्यटकहरु भित्रयाउन सक्ने भन्दै हौसिए तर सम्बन्धीत निकायबाट हुनु पर्ने जति संरक्षण र प्रचारप्रसार नभएका कारणले अपेक्षा गरे अनुरुपको प्रतिफलको प्रत्याभुति पाएका छैनन् ।

निकुञ्जभित्र उचित ब्यवस्थापन नभएका कारण पर्यटकको संख्यामा उल्लेखिय बृद्धि नभएको होटेल ब्यावसायी प्रमान्नद भण्डारी बताउँछन् ।

६ सय ६५ प्रजातिका बनस्पति, ५३ भन्दा बढि प्रजातिका बन्यजन्तु, ताल लतैया, ३५ प्रजातिका पुतलि, ४ सय २४ प्रजातिका चराहरु र विभिन्न बन्यजन्तु पाईने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सम्बन्धीत निकायहरुले गर्नु पर्ने ब्यवस्थापन र प्रचारप्रसार कार्य नगरेका कारण निकुञ्जमा पश्चिमी नाका भएर आउने हजारौ पर्यटकहरुमा करिव १० प्रतिशत जति मात्र निकुञ्ज भ्रमणका लागी आउने गर्दछन् ।

निकुञ्ज भ्रमण गर्न आउने आन्तरीक पर्यटकहरु ले पनि यस निकुञ्ज को प्रचारप्रसार नभएकै कारण ले पर्यटकहरु नआउने गरेको बताउँछन ।

यसको प्रचार प्रसारमा सवै तहवाट सहयोग पुर्‍याउनुपर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकाल बताउँछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुन्जको प्रचार प्रसारमा सम्वन्धित सरोकारवाला निकायले प्रचार प्रसार र व्यवस्थापन गर्न सक्ने हो भने कञ्चनपुरमा पर्यटन व्सवसायसंगै स्थानीय स्तरको आर्थिक वृद्धि समेत गर्न सकिने प्रवल सम्भावना रहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्