१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ताप्लेजुङ र तेह्रथुममा हिमपात, हिउँ खेल्न पुगे पर्यटक


0
Shares

ताप्लेजुङ/तेह्रथुम फागुन ३ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा सामान्य वर्षासँगै हिमपात भएको छ । हिजो दिउँसो पानी परेसँगै हिमपात भएको हो ।

उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका वस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिउँ परेको छ ।

उता, तेह्रथुममा वर्षा र हिमपातसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

बुधबारको वर्षासँगै भएको हिमपातले तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । यो क्षेत्रमा वर्षासँगै यसवर्षकै सर्वाधिक हिमपात भएको छ ।

तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ ।

गुफाबजारमा निरन्तर हिमपात भइरहेको र अहिले दुई फिट हिउँ परेको स्थानीय मन्जु खनालले जानकारी दिइन् ।

यी क्षेत्रमा यो वर्ष यसअघि यत्तिका बाक्लो हिउँ परेको थिएन । हिउँले भरिएका डाँडाकाँडामा विहानैदेखि आन्तरिक पर्यटकहरु हिउँ खेल्न पुगेका छन् ।

वर्षाले जिल्लाका किसानलाई समेत हर्षित बनाएको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसानलाई वर्षाले बाली लगाउन सहज बनाएको हो ।