Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


झापाको कचनकवलमा १० विगाहाभन्दा बढी जमिन भारतीयको नियन्त्रणमा


0
Shares

झापा, असार १४ । नेपाल–भारत सिमानामा रहेको झापाको कचनकवल गाउँपालिका–४ स्थित पोक्लावाङको १० बिगाहभन्दा बढी जमिन भारतीयले नियन्त्रणमा लिएका छन्

स्थानीय रुपणी नदी धार परिवर्तन गर्दै उत्तरतर्फ सर्दा दक्षिणतर्फको नेपालको सबै भाग भारतीयले नियन्त्रण गरेका हुन् ।

हरेक वर्ष नदीले कटान गर्दै उत्तरतिर सर्ने र दक्षिण तिरको जमिन भारतीयले नै जोतभोग गर्ने गरेको स्थानीय बताउँछन् ।

नदीको धारभन्दा लगभग चार सय मिटर दक्षिणमा मात्र सीमा पिलर र जंगे पिलर छ तर भारतीय नागरिकले जवरजस्ती जमिन जोतभोग गरिरहेका छन् ।

करिब एक वर्षअघि नेपाल–भारत संयुक्त सीमा टोलीले नदी कटान तथा सीमा अवलोकन गरेको थियो ।

त्यस बेला सर्भेमा आएका भारतीय कर्मचारीले सीमाभन्दा उत्तरको जमिन नेपालको हो भने पनि स्थानीय भारतीय नागरिकले आफूहरुलाई भोगचलन गर्न नदिएको नेपालीहरु बताउँछन् ।

भारतीयले कब्जा गरेको जमिन नजिक नेपालको कुनै सुरक्षा पोष्ट समेत छैन ।

भारतीय पक्षले नियन्त्रणमा लिएको जमिन नेपालको सबैभन्दा होचो स्थान कचनकबल स्तम्भबाट लगभग डेढ किमी उत्तर पूर्वमा पर्छ ।