
काठमाडौं, फागुन ३ । आमनिर्वाचन पर्यवेक्षण समितिले यसै वर्ष सम्पन्न तीनओटै तहको निर्वाचन निकै खर्चिलो भएको जनाएको छ ।
बिहीबार राजधानीमा कार्यक्रम गरी समितिले स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचन धेरै नै खर्चिलो भएको बताएको हो ।
तोकिएको मापदन्डभन्दा निकै बढी खर्च निर्वाचनमा भएको पाइएको भन्दै समितिले सरोकारवालाहरुलाई त्यसतर्पm तत्काल ध्यान दिन आग्रह गरेको छ ।
यस्तै, बदर मत पनि निकै बढी भएको भन्दै समितिले आगामी निर्वाचनमा मतपत्रको डिजाइनमा सुधार गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्