२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘जनताको आस्था नै प्रहरीको मूलधन’


0
Shares

प्रकाश नेपाल (इमेज):
इलाम, फागुन ३ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मूलधन भएको बताएका छन् ।

इलाममा नवनिर्मित जिल्ला प्रहरी कार्यालयको भवन बिहीबार उद्घाटन गर्दै उनले भने ‘शान्ति–सुरक्षा केबल चियापसल र चोकमा चर्चा र सरोकारको विषयमात्र नभइ नागरिक सहभागिता र संघीयताको विषय पनि बन्नुपर्छ ।’

उनले प्रहरी कर्मचारीले समय–समयमा गर्ने गैरव्यावसायिक क्रियाकलापले संगठनको शाख र जनताको विश्वासमा धक्का लागेकाले त्यस्ता कर्मचारी र प्रहरीलाई कारबाही गर्न कुनै कसुर बाँकी नराखिने बताए ।

वि.सं. २०७२ सालदेखि पहिलो चरणमा निर्माण सुरु गरिएको भवन उद्घाटनसँगै दोस्रो चरणमा अर्को भवन बनाउन थालिएको छ ।

पहिलो चरणअन्तर्गत् निर्मित भवनमा साना–ठूला गरी २२ ओटा कोठा छन् । ४ करोड ५१ लाख ४७ हजार रुपैयाँको लागतमा भवन बनाइएको हो ।

दोस्रो चरणमा बनाउन लागिएको अर्को भवनको भने ४ करोड ५ लाख ९० हजार रुपैयाँ लाग्ने बताइएको छ ।

२०७२ सालमा गएको भूकम्पबाट जिल्ला प्रहरी कार्यालयको भवन ध्वस्त भएको थियो ।