२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनको मूल्य तोलाको ५८ हजारनजिक पुग्यो


0
Shares

काठमाडौं, फागुन ३ । बिहीबार सुन र चाँदीको मूल्य उकालो लाग्यो । सुनको भाउ तोलाको ५८ हजार रुपैयाँनजिक पुग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० ले उकालो लागेर तोलाको ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलामा ४०० ले उकालो लागेर तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले उकालो लागेर तोलाको ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५७ डलर हाराहारीमा कारोबार भएको थियो ।