
उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन् ।
‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले शुक्रबार बिहान बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जानुहुन्छ,’ देउवाका प्रेस संयोजक गोविन्द परियारले भने ।
प्रधानमन्त्रीका रूपमा देउवाले ०५२ मा ५२ जनासम्मलाई मन्त्रिपरिषदमा अटाएर इतिहास बनाएका थिए । आफ्नै इतिहास तोड्दै यसपालि उनले ६४ जनालाई मन्त्री बनाए ।
देउवा मन्त्रिपरिषदमा १५ जना विनाविभागीय मन्त्री भए । खासमा सरकारमा कांग्रेससँग र निर्वाचनमा एमालेसँग मिल्ने माओवादी नीतिले यस्तो अवस्था आएको हो । दुर्भाग्य ! यो सब देउवाकै पाला भयो । अझ तिनै मन्त्रीले प्रधानमन्त्री र सरकारविरुद्ध भाषण गरेको अस्वाभाविक इतिहास पनि दर्ज भयो । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्