
काठमाडौं, मंसिर १८ । सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको म्याद आगामी पुस २४ गतेसम्मका लागि थपेको छ ।
गत भदौ १६ गते पुनर्गठन गरिएको आयोगले प्राथमिक शिक्षादेखि उच्चशिक्षासम्बन्धी सुझाव पेस गर्नेछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको आयोगमा शिक्षाविद्, निजी विद्यालयका सन्चालक, शिक्षक, विश्वविद्यालयका डीन सदस्य छन् ।
आयोगका सदस्य एवं शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अब ३७ दिनभित्र प्रतिवेदनलाई पूर्णता दिने बताए ।
तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको समयमा गठन भएको आयोग वर्तमान सरकार बनेपछि पुनर्गठन गरिएको थियो ।
देश संघीयतामा गएसँगै कस्तो शिक्षा प्रणाली लागू गर्ने भन्नेबारे निर्धारण गरी शिक्षा ऐन बनाउन आयोग गठन गरिएको हो ।
सातओटै प्रदेशस्तरमा गइ ल्याइएको सुझावबारे मंगलबार शिक्षा मन्त्रालयमा छलफलसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्