स्नातकोत्तर कक्षा सञ्चालनका लागि लगाइएको महायज्ञबाट एक करोडभन्दा बढी रकम संकलन • Image Khabar Image Khabar


स्नातकोत्तर कक्षा सञ्चालनका लागि लगाइएको महायज्ञबाट एक करोडभन्दा बढी रकम संकलन


Imagekhabar
४ फाल्गुन २०७४, शुक्रबार १३:३५

स्नातकोत्तर कक्षा सञ्चालनका लागि लगाइएको महायज्ञबाट एक करोडभन्दा बढी रकम संकलन

बुधबारसम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न दाताले करिब एक करोड ४९ हजारको हाराहारीमा दान गरेको महायज्ञ आयोजक समितिले जनाएको छ । यसमध्ये ९६ लाख रुपैयाँ जम्मा भईसकेको र केही दाताले नाम टिपाएर रकम दिन बाँकी रहेको प्रचार समितिका संयोजक सजन पौडेलले जानकारी दिए ।

महायज्ञमा व्यक्ति र संघसंस्था गरी १ हजार ६ सय ३७ जनाले दान गरेका थिए । सबैभन्दा बढी प्रदेश १ का प्रदेशका प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले तीन लाख ३ हजार ३ सय ३३ रुपैँया दान गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र प्रसाद तुम्याहाङले जानकारी दिए ।

वि.सं.२०४७ सालमा स्थापित यस क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायतर्फ स्नातक तहसम्मको अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्