त्रिशूलीमा दुर्घटनामा परेका सचिव यादवका छोराको शव भेटियो • Image Khabar Image Khabar


त्रिशूलीमा दुर्घटनामा परेका सचिव यादवका छोराको शव भेटियो


Imagekhabar
४ फाल्गुन २०७४, शुक्रबार १८:१३

त्रिशूलीमा दुर्घटनामा परेका सचिव यादवका छोराको शव भेटियो

गत माघ २६ गते सचिव यादव सवार बा२झ ३१४० नम्बरको जिप धादिङको मलेखुनजिकै त्रिशूली नदीमा खस्दा उनका छोरा बेपत्ता भएका थिए ।

सचिव यादव र उनीसँगै जिपमा सवार उन्नति गुप्ताको शव भने प्रहरीले सोही दिन नदीबाट निकालेको थियो ।

२२ वर्षीय सन्तोषको शव बेनिघाट–रोराङ गाउँपालिका वडा नम्बर–५ स्थित त्रिशूली नदीको किनारामा फेलापरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक निरन्जन यादवलाई भने सोही दिन घाइते अवस्थामा उद्धार गरिएको थियो ।  दुर्घटनाका समयमा जिप सचिव यादवले नै हाँकेका थिए । दुर्घटनामा परेको जिप कपिलवस्तुबाट काठमाडौंबाट जाँदै थियो ।

प्रतिक्रिया दिनुहोस्