
बिहीबारदेखि तानसेनको टुँडिखेलमा सुरु भएको १० दिने ५ नम्बर प्रदेशस्तरीय महोत्सवमा सर्वसाधारणको भीड लागेको हो ।
पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा जिल्लाबाट उत्पादन भएका वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री, राष्ट्रिय, बहुराष्ट्रिय उत्पादन राखिएको छ ।
महोत्सवमा पाल्पाली करुवा, रानीमहलको स्वरुपको सचिवालय, पाल्पाली ढाका उत्पादन, विभिन्न कृषि उत्पादन, कृषियन्त्रलगायतका वस्तुहरुका ४६२ ओटा स्टल राखिएको छ ।
महोत्सवको ३ लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ ।
प्रतिक्रिया दिनुहोस्