Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आर्थिक मस्यौदा समितिले प्रतिवेदन पेश गर्दै


0
Shares

काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी छ । पार्टी कार्यालय सानेपामा पाँच दिनदेखि जारी बैठकमा प्रस्तावित विधान मस्यौदामाथि छलफल भइरहेको छ ।

विधान मस्यौदामाथि केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिइरहेका छन् । यही मंसिर २८ गतेदेखि काठमाडौंमा बस्ने महासमितिको बैठकमा पेश गरिने पार्टीको विधानलाई एकमत बनाउन केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिइरहेका छन् ।

विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले फरक मतसहितको विधान मस्यौदा मंसिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । मस्यौदामाथि टिप्पणी गर्ने सदस्यहरु बढ्दै गएपछि छलफल पनि लम्बिँदै गएको छ ।

आज बस्ने केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन तयार भइसकेकाले केन्द्रीय समितिमा पेश गर्ने तयारी गरिएको हो ।