
वाम गठबन्धनको तर्फबाट नेकपा एमाले प्रदेशसभा सदस्य कृष्णी थारुले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकोमा उनीविरुद्ध नेपाली कांग्रेसकी रिना नेपाल बिकले पनि उम्मेदवारी दिएकी छन् ।
उपसभामुखका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको थियो ।
प्रदेश संसद सचिवालयका सचिव मानबहादुर बिकले दुईजना सांसदले उम्मेदवारी दर्ता गराएकाले अब मत विभाजनका आधारमा निर्वाचन गराइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्