
शनिबार महोत्तरीको हात्तीलेटमा बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताका लागि अहिलेसम्म पदको बाँडफाँट मिलिनसकेको बताए ।
उनले जनचाहनाअनुसार वाम गठबन्धनले स्थायी सरकार दिने पनि बताए ।
केही तत्वहरु माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता नहोस् भन्ने कार्यमा लागेको भन्दै अध्यक्ष दाहालले त्यस्तासँग सचेत र सर्तक रहनुपर्ने उल्लेख गरे ।
केही बाह्य र केही आन्तरिक शक्तिले पार्टी एकीकरण नगर्न धम्की दिने गरेको उनले दाबी गरे ।
स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि वाम एकता जरुरी भएको उनले बताए ।
तीव्रगतिमा विकास गर्न नेपालका दुई छिमेकीलाई नै विश्वासमा लिएर काम गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा ६०० भन्दा बढी राजपाका स्थानीय नेता–कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्