हेटौंडा गोल्डकपमा मनाङको विजयी सुरुआत • Image Khabar Image Khabar


हेटौंडा गोल्डकपमा मनाङको विजयी सुरुआत


Imagekhabar
५ फाल्गुन २०७४, शनिबार १९:१७

हेटौंडा गोल्डकपमा मनाङको विजयी सुरुआत

प्रतियोगिताकोे उद्घाटन खेलमा मनाङ–मर्स्याङ्दी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले पराजित गर्‍यो ।

खेलको २९औं मिनेटमा सुजल श्रेष्ठले पेनाल्टीमार्फत् गरेको एकमात्र गोल नै मनाङको जितमा निर्णायक बनेको हो ।

खेलको ‘म्यान अफ दी म्याच’ मनाङका अन्जन विष्ट घोषित भए ।

प्रतियोगितामा मनाङ, सशस्त्रसहित संकटा क्लब, थ्रीस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौंडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरी ८ टिमको सहभागिता रहेको छ ।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत् आइतबार विजय युथ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्