२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आर्मीले दोस्रोपटक सिमरा गोल्डकप च्याम्पियन


0
Shares

शनिबार बाराको सिमरा रंगशालामा भएको नवौं संस्करणको प्रतियोगिताको फाइनल खेलमा थ्रीस्टार क्लबलाई २–० ले हराउँदै आर्मीले उपाधि उचालेको हो ।

आर्मीलाई उपाधि दिलाउनेक्रमम दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक/एक गोल गरे ।

खेलको ५८औं मिनटमा दिनेशले आर्मीलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा नवयुगले गोल गरेसँगै आर्मी शानदार जितका साथ च्याम्पियन बन्न सफल भयो ।

उपाधिसँगै आर्मीले पाँच लाख ५१ हजार रुपैयाँ पुरस्कार पायो भने उपविजेता बनेको थ्रीस्टारले दुई लाख ५० हजारमा चित्त बुझायो ।

आर्मीले यसअघि २०७१ सालमा भएको छैंटौं संस्करणको उपाधि जितेको थियो ।