विप्लव नेतृत्वको नेकपाका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता–कार्यकर्त पक्राउ • Image Khabar Image Khabar


विप्लव नेतृत्वको नेकपाका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता–कार्यकर्त पक्राउ


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार १४:३२

विप्लव नेतृत्वको नेकपाका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता–कार्यकर्त पक्राउ

विराटनगर, फागुन ६ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुईजना केन्द्रीय नेतासहित ३५ जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा प्रहरीले केन्द्रीय सदस्यहरु हेमन्तप्रकाश ओली र पूर्वराज्यमन्त्री पदम राईसहितका नेता तथा कार्यकर्तालाई राजवंशी चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका मोरङ सेक्रेटरी युगेनले कानेपोखरी, बेलबारी, केराबारी, विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवालगायतका स्थानबाट प्रहरीले १० वटा गाडी र त्यसमा रहेका आफ्नो पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नयाव उपरीक्षक विष्णुहरि कोइरालाले उनीहरुलाई सोधपुछका लागिमात्र नियन्त्रणमा लिएको र केही समयपछि छाडिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्