१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


सम्बन्ध विच्छेद बढ्दो


0
Shares

इलाम, मंसिर १८ । इलाममा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।

जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा ४८६ वटा र २०७५/७६ को मंसिर १४ गतेसम्ममा २४५ वटा सम्बन्ध विच्छेदका निवेदन परेको निमित्त सूचना अधिकारी समीक्षा पोख्रेलले जानकारी दिइन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयको मुद्दा तथा ठाडो उजुरी शाखामा आर्थिक वर्ष २०७३/७४ मा १०४ वटा, २०७४/७५ मा ११० र २०७५/७६ को मंसिर १४ गते सम्ममा ६९ वटा निवेदन परेका छन् ।

सम्बन्ध विच्छेदका लागि निवेदन दिने अधिकांश महिला छन् । वैदेशिक रोजगारीका कारण पनि पति–पत्नीबीचको सम्बन्धमा अविश्वास बढ्दै गएर सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको पाइएको छ ।