स्वीजरल्याण्डका नागरिकले गरे रुकुममा प्याराग्लाइडिङको सफल परीक्षण • Image Khabar Image Khabar


स्वीजरल्याण्डका नागरिकले गरे रुकुममा प्याराग्लाइडिङको सफल परीक्षण


Imagekhabar
७ फाल्गुन २०७४, सोमबार ०९:५१

स्वीजरल्याण्डका नागरिकले गरे रुकुममा प्याराग्लाइडिङको सफल परीक्षण

रुकुम, फागुन ७ । पश्चिम रुकुममा प्याराग्लाईडिङको सफल परीक्षण गरिएको छ ।

स्वीजरल्याण्डका नागरिक डेनियाले रुकुममा तीन दिनसम्म प्याराग्लाईडिङको सफल प्रशिक्षण उडान गरेका हुन् ।

विज्ञान विषयबाट स्नातकोत्तरको सोधकार्य एवं अभ्यासका लागि उनी रुकुम आएका थिए । उनले बाँफिकोट गाउँपालिका ५ को काँडादेखि परिक्षण थालेका थिए ।

उनी काँडादेखि मग्मा, दुधिला, लेखावाङ, भनभने, सिस्ने हुँदै प्याराग्लाइडिङ गरेर स्यार्पूगाउँमा अवतरण गरेका थिए ।

उनले विभिन्न ठाउँबाट प्याराग्लाईडिङ परीक्षण गरेर रुकुम प्याराग्लाईडिङका लागि उपयुक्त भएको बताएका छन् ।

रुकुम पर्यटकीय जिल्ला भएको र प्याराग्लाईडिङलाई व्यवसायको रुपमा अगाडि बढाउन सके पर्यटकलाई भित्र्याउन सकिने डेनियाले बताए ।

प्याराग्लाईडिङ परीक्षण हेर्न काँडागाउँबासीको भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्