
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सोमबार पोखरामा सम्पन्न प्रतिस्पर्धामा निर्धारित् दूरी राईले २ घन्टा ३६ मिनेट ४२ पूरा गरे ।
नेपाली सेनाका हरिकुमार रिमालले २ घन्टा ३८ मिनेट ४२ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए भने सेनाकै लालबहादुर थापाले ४२ दशमलव १ किलोमिटरको दूरी २ घन्टा ३९ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै तेस्रो भए ।
विजेता राईले नगद ७० हजार रुपैयाँ पुरस्कार पाउँदा दोस्रो भएका रिमालले ४५ हजारमा चित्त बुझाए भने तेस्रो भएका थापाले ३० हजार हात पारे ।
यस्तै, १० किलोमिटर दौड पुरुषतर्फको उपाधि नेपाली सेनाका रामजी बस्नेतले जिते । उनले निर्धारित् दूरी ३७ मिनेट ५३ सेकेन्डमा पूरा गरे ।
सो प्रतिस्पर्धामा सेनाकै कल्याण बानियाँ दोस्रो तथा सेनाकै मिलन कार्की तेस्रो भए । बाँनिया र कार्कीले निर्धारित् दूरी क्रमशः ३८ मिनेट २० सेकेन्ड र ३८ मिनेट ४१ सेकेन्डमा पूरा गरे ।
सोही विधाको महिलातर्फ सशस्त्र प्रहरी बलकी बिन्द्रा श्रेष्ठ पहिलो, नेपाली सेनाकी सरिता बासी दोस्रो र सशस्त्रकै स्वस्तीका श्रेष्ठ तेस्रो भए ।
पहिलो भएकी श्रेष्ठले निर्धारित् दूरी ४३ मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । दोस्रो भएकी बासी र तेस्रो भएकी श्रेष्ठले निर्धारित् दूरी क्रममशः ४५ मिनेट ५४ सेकेन्ड र ४६ मिनेट १५ सेकेन्डमा पूरा गरे ।
१० किमि पुरुष–महिला दौडमा पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
यस्तै, ५ किलोमिटर छात्रछात्रा दौडमा छात्रतर्फ जेसीस माविका सागर श्रेष्ठ पहिलो भए भने छात्रातर्फ लक्ष्मी माविकी ललिता लामिछानेले उपाधि जित्न सफल भइन् ।
छात्रतर्फ दोस्रो र तेस्रो क्रमशः डेफोडिल्स विद्यालयका अनिश कार्की र मदन ओली भए भने छात्रातर्फ माधुरीदेवी कुर्मी र कीर्ति थापा क्रमशः दोस्रो र तेस्रो भए । ५ किलोमिटर छात्र–छात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ र तेस्रो हुने ४ हजार रुपैयाँ पुरस्कार पाए ।
सोमबार नै भएको ४०० मिटर ह्विलचेयर दौडमा पुरुषतर्फ सुरेश गौली, भरत अधिकारी र बलबहादुर रोक्का क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ लक्ष्मी सुुनार, अन्जु बराल र पुनम बिक क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
पोखरा म्याराथनमा दुई विदेशीसहित १३० जना, १० किलोमिटर पुरुषमा ५२१ जना, १० किमि महिलामा ६३ जना, ५ किमि छात्रमा ८५१ जना, ५ किमि छात्रामा ३२१ जनाले सहभागिता जनाएका थिए ।
यसैगरी, ४०० मिटर ह्विलचेयर पुरुषतर्फ १० जना, १०० मिटर ह्विलचेयर महिलातर्फ ८ जना र १०० मिटर दृष्टिविहीन दौडतर्फ १७ जना सहभागी भएको आयोजक भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्