२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


साउथ चाइना मर्निङ पोस्टको पहिलो पृष्ठमै ओलीको अन्तर्वार्ता, भारतमा हलचल


0
Shares

सो अखबारको मंगलबारको संस्करणमा ओलीको अन्तरवार्ताले निकै महत्व पाएको छ भने भारतमा सोही अन्तरवार्तालाई लिएर हलचल भएको छ । भारतीय मिडियाले सो अन्तरवार्ताका आधारमा ओलीले चीनसँग गहिरो सम्बन्ध बनाउँदै भारतसँग बढी फाइदा लिने रणनीति अख्तियार गरिरहेको विश्लेषण प्रकाशित गरेका छन् ।

अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘भारतसँग हाम्रो कनेक्टिभिटी राम्रो छ, खुला सीमा छ । यी सब ठिकै छन्, हामी कनेक्टिभिटी अझ बढाउँछौं तर हाम्रा दुई छिमेकी छन् भन्ने कुरालाई हामी बिर्सिदैनौं ।’

ओलीले आफूहरु कुनै एक देशसँग निर्भर नहरने पनि अन्तरवार्तामा प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘हामी कुनै एक देशसँग निर्भर हुन चाहँदैनौं, केवल एउटा विकल्पमा रहँदैनौं ।’

भारतसँगको सम्बन्धका बारेमा चर्चा गर्दै उनले भनेका छन्, ‘भारतसँग हाम्रो सम्बन्ध राम्रै छ । भारतमा केही तत्वले भ्रम सिर्जना गर्ने कोसिस गरे तर भारतीय नेताहरुले भविष्यमा त्यस प्रकारको हस्तक्षेप नहुने र एक अर्काको स्वायत्तताको सम्मान गर्ने आश्वासन दिएका छन् ।’

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई समयानुकुल परिमार्जन गर्ने चाहना पनि प्रकट गरेका छन् ।

ओलीको सो अन्तरवार्ता प्रकाशित भएलगत्तै नवभारत टाइम्स, अमर उजालालगायतका भारतीय अखबारका अनलाइन संस्करणमा विश्लेषणत्मक समाचार प्रकाशित भएका छन् । ती समाचारमा ओलीले चीनलाई देखाएर भारतसँग फाइदा लिन खोजेको टिप्पणी गरिएको छ ।