२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


पुसको पहिलो साताभित्र हिउँदे अधिवेशन बोलाउन सभामुखको आग्रह


0
Shares

विराटनगर, मंसिर १७ । सभामुख कृष्णबहादुर महराले थुप्रै कानुन बनाउन बाँकी रहेकाले सरकारले चाँडोभन्दा चाँडो संघीय संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले पुसको पहिलो साताभित्र हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरे ।

हिउँदे अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल भइरहेको भन्दै सभामुख महराले आगामी फागुन २१ गतेभित्र संघीय संसदले ३०० बढी कानुनको परिमार्जन र संशोधन गर्नुपर्ने बताए ।