सरकारले भोलि नै पूर्णता पाउँछ, राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई निरन्तरता दिने सम्भावना : ज्ञवाली • Image Khabar Image Khabar


सरकारले भोलि नै पूर्णता पाउँछ, राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई निरन्तरता दिने सम्भावना : ज्ञवाली


Imagekhabar
८ फाल्गुन २०७४, मंगलवार १३:०४

सरकारले भोलि नै पूर्णता पाउँछ, राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई निरन्तरता दिने सम्भावना : ज्ञवाली

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने, ‘भोलि नै हामी सरकार विस्तार गर्छौं, मन्त्रिमण्डिलले पूर्णता पाउँछ, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिस गरिसकेको छ, अब कतिपय मन्त्रालयहरु मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन् ।’

उनले अबको सरकार मिशन ओरियन्टेड हुने विश्वास दिलाए । उनले भने, ‘हाम्रो सरकार मिसन ओरियन्टेड हुन्छ, १०–५ बजे कार्यालय आउने÷जाने, रिबन काट्ने, पूजा गर्ने काम हुँदैन, किनकी हामी अग्निपरीक्षामा छौं ।’

उनले सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गर्ने र तिव्र आर्थिक वृद्धि हासिल गर्ने रहेकोले त्यसका लागि समावेशीतासहितको योग्यतम टिम सरकारमा पठाउने पनि स्पष्ट पारे ।

ज्ञवालीले वर्तमान सरकारको मुख्य प्राथमिकता पाँचवटा रहेको पनि सुनाए । उनका अनुसार पहिलो लक्ष्य लोकतन्त्रको सुदृढिकरण, दोस्रोमा राष्ट्रिय हितको रक्षा, तेस्रोमा सुशासन कायम गर्ने र भ्रष्टाचारको नियन्त्रण गर्ने, चौथोमा समृद्धि हासिल गर्ने (सर्वोच्च प्राथमिकता तिव्र आर्थिक वृद्धि) गर्ने र यसका लागि राज्यको लगानी बढाउने । त्यस्तै, पाँचौ प्राथमिकतामा संघीयता लगायत संविधानमा भएका महत्वपूर्ण कुराहरुको सफल कार्यान्वयन गर्ने रहेको छ ।

सचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा ऐतिहासिक भएकोले यसले मुलुकमा राजनीतिक स्थायित्व दिने विश्वास दिलाए । एकता प्रक्रियालाई निश्कर्षमा पु¥याउनका लागि तीन हप्ता समय लाग्ने पनि उनले बताए । उनले भने, ‘कानूनी प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ, यसको लागि समय तीन हप्ता करिब लाग्न सक्छ ।’

त्यस्तै उनले फागुनको अन्तिमसम्म राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन हुने भएकोले आफूहरु त्यतातिर केन्द्रित हुने पनि जानकारी दिए ।

सोमबार भएको दुई पार्टीवीचको एकता घोषणालाई दुवै पार्टीका केन्द्रिय कमिटीले अनुमोदन गर्ने र आगामी फागुनको अन्तिम वा चैतको पहिलो साता विशाल कार्यक्रम आयोजना गरि एकता घोषणा गर्ने पनि उनले बताए ।

ज्ञवालीले एकता महाविधेशनको लागि करिब डेढ वर्ष समय लाग्ने पनि सुनाए । उनले भने, ‘महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्नुहुन्छ, उहाँहरुले समझदारीमा नै पार्टी चलाउनुहुन्छ ।’ उनले एकीकृत पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्यूरो, र केन्द्रिय कमिटी छरितो बनाउने स्पष्ट पारे ।

उनले दुवै पार्टी एक भएकोले अब प्रधानमन्त्रीमा आलोपालो भन्ने कुरा नरहने पनि जिकिर गरे । ज्ञवालीले भने, ‘अब पार्टी एकता भइसक्यो, दुवै पार्टी एउटै हो नि, एउटै पार्टी भएपछि कसरी आलोपालो हुन्छ ? बरु कार्यविभाजन हुन सक्छ ।’

उनले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिनेबारे छलफल चलेको स्वीकार्दै राष्ट्रपतिमा विद्या भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिने सम्भावना रहेको बताए । उनले भने, ‘हो, राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्‍याउनेबारे छलफल चलेको छ, उहाँहरुकै निरन्तरता हुने पनि बलियो सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस्