
मंगलबार चितवनको भरतपुरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टीको नेतृत्व गर्न देउवा असफल भइसकेको भन्दै संसदीय दलमा विकल्प खोजिने बताए ।
उनले सर्वसम्मत् भएमा आफूपनि संसदीय दलको नेता हुन तयार रहेको बताए ।
‘दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहको कुरा चलेको छ, सर्वसम्मत् भए मपनि संसदीय दलको नेता बन्न तयार छु । होइन भने पार्टी सभापतिको विकल्प खोजिन्छ’–उनले भने ।
महामन्त्री कोइरालाले महासमिति र केन्द्रीय समितिको बैठक आह्वान गरेर पार्टी सुदृढीकरणको अभियानमा लाग्ने उल्लेख गरे ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले नेपाली कांग्रेसलाई चुनौती थपेको उनको भनाइ छ ।
उनले भने–‘दुई कम्युनिष्टको एकीकरणले प्रतिस्पर्धामा कठिन हुन्छ । कांग्रेस सुदृढीकरण गर्नुपर्छ । कांग्रेस विपक्षमा बस्दा संगठित हुने सम्भावना बढ्छ ।’
उनले कांग्रेसले पनि विचार मिल्ने दल र नेताहरुसँग एकीकरण गर्दै जाने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्