तिलौराकोट दरबारलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल • Image Khabar Image Khabar


तिलौराकोट दरबारलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल


Imagekhabar
८ फाल्गुन २०७४, मंगलवार १४:३४

तिलौराकोट दरबारलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल

तिलौराकोटमा चौथोपटक भइरहेको उत्खनन् तथा अन्वेषणबारे अवलोकनका लागि मंगलबार कपिलवस्तु आएका मुख्यमन्त्री पोखरेलले यस प्रदेशको समृद्धिका लागि यहाँका पर्यटकीय एवं पुरातात्विक क्षेत्रको विकास गर्न जरुरी रहेको बताए ।

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्न प्रादेशिक सरकार लागिपर्नेसमेत उनले बताए ।

तिलौराकोटमा भइरहेको उत्खनन् एवं अन्वेषणबारे जानकारी गराउँदै पुरातत्व विभागका पूर्वनिर्देशक एवं पुरातत्वविद् कोषप्रसाद आचार्यले हालसम्म उत्खनन् गरिएका भग्नावशेषबाट प्राचीन कपिलवस्तु नगरको मुख्य दरबार क्षेत्र तिलौराकोट नै रहेको प्रमाणित भइसकेको बताए ।

बाँकी उत्खनन्ले तिलौराकोट दरबार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सघाउ पुग्ने उनले बताए ।

बेलायतको दूरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन् गरिरहेका छन् ।

गत बिहीबार मुख्यमन्त्रीको पदभारग्रहण गरेका पोखरेलले मंगलबार भगवान् गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीनस्थल तिलौराकोट, पुरातात्विक संग्रहालय, विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताललगायतका स्थलहरुको अवलोकन भ्रमण गरेका छन् ।

तिलौराकोट दरबारलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल

प्रतिक्रिया दिनुहोस्