
बूढानीलकन्ठस्थित सभापति देउवाको निजी निवासमा मंगलबार भएको भेटमा उनीहरुबीच आपसी हित र सम्बन्धमाबारेमा विचार–विमर्श भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए ।
भेटमा सभापति देउवाले नजिकको असल छिमेकी चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउँदै पार्टीका संस्थापक बीपी कोइरालाको पालादेखि नै नेपाल र आफ्नो पार्टी एक चीन नीतिमा अडिग रहेको धारणा व्यक्त गरेका थिए ।
सो अवसरमा उपमन्त्री येले सभापति देउवाको नेतृत्वमा नेपालमा तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाइ दिँदै कांग्रेसका संस्थापक बीपी कोइरालाको पालादेखि नै कांग्रेस र चीनबीचको सम्बन्धको स्मरण गरे ।
उनले आफूहरुले चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेसबीच द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न चाहेको बताउँदै सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिएको परराष्ट्र सल्लाहकार डा. भट्टराईले बताए । रासस
प्रतिक्रिया दिनुहोस्