२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


विपद् व्यवस्थापनका लागि एसियाली मुलुकको हातेमालो आवश्यक : प्रधानमन्त्री


0
Shares

काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनका लागि एसियाली मुलुकहरुको हातेमालो आवश्यक रहेकोमा जोड दिएका छन् ।

विपद् व्यवस्थापनसम्बन्धी एसिया प्यासिफिक सल्लाहकार परिषद् सम्मेलनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले सबैको सहकार्यबाटमात्र विपद् व्यवस्थापन गर्नसकिने बताए ।

विपद् अकस्मात् आउने भएकाले त्यसका लागि पूर्वतयारी आवश्यक रहेको उनको भनाइ थियो ।

जलवायु परिवर्तन, भूकम्प, सुनामी, आगोलागीजस्ता विपद्का घटना सबैको साझा मुद्दा भएकाले सबै एसियाली मुलुक एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

गृहमन्त्री रामबहादुर थापाले नेपालमा दैनिक तीनजनाको मृत्यु विपद्बाट हुने गरेको जानकारी दिए ।

विपद् व्यवस्थापनका लागि सरकार विशेष योजना बनाएर अगाडि बढेको उनको भनाइ थियो ।

सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनले विपद् व्वयवस्थापन सम्बन्धी रणनीतिसमेत बनाउने जनाइएको छ ।