‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ चैत पहिलो साता • Image Khabar Image Khabar


‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ चैत पहिलो साता


Imagekhabar
८ फाल्गुन २०७४, मंगलवार २०:०८

‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ चैत पहिलो साता

उद्यमी मञ्चले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी चैत २ देखि ४ गतेसम्म भृकुटीमन्डपमा प्रदर्शनीको आयोजना हुने जनाएको हो ।

नेपाली वस्तु तथा सेवालाई विश्वस्तरमा परिचित एवं विस्तार गराउने उद्देश्यले मेलाको आयोजना गर्र्दै आएको उपाध्यक्ष अजय श्रेष्ठले बताए ।

प्रदर्शनीमा नेपाली वस्तु उत्पादक तथा सेवा प्रदायक उद्योगहरुको सहभागिता रहने जनाइएको छ ।

नेपालका सबै जिल्लामा उत्पादित स्थानीय वस्तु तथा सेवाको सहभागिताका लागि मञ्चले पहलसमेत गरिरहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी प्रदर्शकहरुले सहभागिता जनाउने एवं १ लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्