राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नयाँ वेबसाइट सन्चालनमा • Image Khabar Image Khabar


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नयाँ वेबसाइट सन्चालनमा


Imagekhabar
९ फाल्गुन २०७४, बुधबार १३:५०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नयाँ वेबसाइट सन्चालनमा

भूकम्पपछिको पुनर्निर्माणबारे सबैलाई जानकारी दिने उद्देश्यले प्राधिकरणले वेबसाइट सन्चालनमा ल्याएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ‘प्रोजेक्ट मनिटरिङ इन्फरमेसन सिस्टम’को बुधबार उद्घाटन गरे ।

उनले पुनर्निर्माणसम्बन्धी सबै जानकारी एकै स्थानबाट गराउन वेबसाइट सन्चालनमा ल्याइएको बताए ।

वेबसाइटमार्फत् पुनर्निर्माणसम्बन्धी कामको अनुगमन र मूल्यांकन गर्न सहज हुने उनको भनाइ छ ।

प्रमुख कार्यकारी अधिकृत भुसालले दातृनिकाय एवं दाताले पुनर्निर्माणका लागि दिएको सहयोगबारेसमेत जानकारी लिनसकिने स्पस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्