
नेप्से ९ अंक बढीले ओरालो लागेर १३ सय ८७ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे ।
बिमा समूहमा सबैभन्दा उच्च ३६ अंकको गिरावट आयो । होटल, जलविद्युत् र विकास बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो । अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १४५ कम्पनीका ७ लाख १३ हजार कित्ता सेयर जम्मा साढे २८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्