
केयुकेएलको बुधबार राजधानीमा सम्पन्न छैटौं साधारणसभामा निर्माणाधीन मेलम्ची खानेपानी आयोजना सम्पन्नपछि खानेपानीको आपूर्ति वृद्धि हुने जनाइएको छ ।
मेलम्ची खानेपानी आयोजना, खानेपानी वितरण प्रणाली, थोक वितरण प्रणाली निर्माण, नयाँ पोखरीहरु निर्माण तथा ढल प्रशोधन केन्द्र निर्माण कार्यलाई तीव्रता दिइरहेको केयुकेएलले जनाएको छ ।
केयुकेएलले उपत्यकाका पुराना पानीका मुहानहरु, पोखरीहरु, पाइपलाइनहरुको मर्मत, पाइपलाइन विस्तार एवं पानीमा उत्पादन वृद्धि, समयतालिका र पालो मिलाइ पानी वितरण, सुक्खा मौसममा ट्यांकरबाट पानी वितरणजस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
केयुकेएलले करिब २ लाख ४ हजार ग्राहकहरुलाई सहजरुपमा पानी पुर्याएको जनाएको छ ।
साधारणसभाले अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी बढाउने प्रस्ताव स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्