Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एसिया प्यासिफिक समिटका पाहुनालाई प्रधानमन्त्री ओलीको पुस्तक उपहार


0
Shares

काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माई भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् ।

अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत ओलीको किताब म्यानमारकी नेतृ आङ सान सुकीसहित ७ विदेशी विशिष्ट पाहुनाले शनिबार सार्वजनिक गरेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हालै प्रकाशित गरेको पुस्तक ओलीले हस्ताक्षर गर्दै बाँडेका थिए । पुस्तकको लागतबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उल्लेख गर्न चाहेन । –कान्तिपुर दैनिकबाट