२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पुलिस र आर्मीबीच उपाधि भिडन्त


0
Shares

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लबलाई २–० ले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

पुलिसलाई विजयी गराउनेक्रममा दिनेश राजवंशी र निरकुमार राईले एक/एक गोल गरे । दिनेशले खेलको १९औं र निरकुमारले खेलको ५३औं मिनेटमा गोल गरेका हुन् ।

खेलको ‘म्यान अफ दी म्याच’ पुलिसका निरकुमार घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।

पुलिसले अब उपाधिका लागि शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आर्मीले बुधबार भएको पहिलो सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।