तरकारी तथा फलफूलमा विषादीको बाँकी रहने अधिकतम् मात्रा तोक्ने तयारी • Image Khabar Image Khabar


तरकारी तथा फलफूलमा विषादीको बाँकी रहने अधिकतम् मात्रा तोक्ने तयारी


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार २०:३३

तरकारी तथा फलफूलमा विषादीको बाँकी रहने अधिकतम् मात्रा तोक्ने तयारी

बिहीबार वाणिज्य मन्त्रालयको सचिवको संयोजकत्वमा सरोकारवाला मन्त्रालय र निकायका अधिकारीहरुबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपालमा उत्पादन हुने एवं आयात हुने तरकारी र फलफूलमा प्रयुक्त विषादीको म्याक्सिमम् रेजिड्वेल लिमिट (एमआरएल) तोक्न र लागू गर्न कृषि विकास मन्त्रालयले पहल गर्ने निर्णय गरेको मन्त्रालयले जानकारी गराएको हो ।

योसँगै तरकारी, फलफूल, बीउ–विजन र पशुपक्षी आयात गर्न पाउने नाका हरेक प्रदेशमा कम्तीमा एउटा रहनेगरी तोकिने पनि भएको छ ।

उक्त प्रविधियुक्त नाकाबाट एमआरएल चेकजाँचको व्यवस्था गर्ने, तरकारी तथा फलफूल उत्पादन तथा आयातमा गुड एग्रिकल्चर प्राक्टिस (ग्याप)को अभ्यास प्रबद्र्धन गर्न पहल गर्नेलगायतका निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्