३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको दक्षिण कोरियाली नागरिक पोखराबाट पक्राउ


0
Shares

अवैध लागुऔषध कारोबार गरेको अभियोगमा लीविरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ को सेप्टेम्बरमा रेडकर्नर नोटिस जारी गरेको थियो । अवैध तरिकाले फिलिपिन्सबाट दक्षिण कोरियामा विभिन्न प्रकारका लागुपदार्थ आयात गर्दै आएका उनी ६ दिनदेखि अध्यागमन विभागको हिरासतमा छन् ।

नेपालमा ली पक्राउ परेको थाहा पाएपछि दक्षिण कोरियाबाट सुरक्षाकर्मीसहितको उच्चस्तरीय टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको स्रोतले जनाएको छ । उक्त टोलीले लीलाई सम्भवतः शनिबार सोल लैजाने छ ।

अध्यागमन विभागका प्रवक्तासमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले लीलाई फिर्ता पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट