
मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताए ।
बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन स्वदेशी कृषिउपजको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।
वन तथा भू–सरंक्षण मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले हिमाली क्षेत्रको कृषि, पशु, वन, जडिबुटीजन्य उत्पादनले आर्थिक समृद्धि हासिल गर्न मद्दत पुर्याउने भन्दै यसको उपयोगमा जोड दिए ।
हिमाली क्षेत्रको उत्पादनले व्यापार घाटा कम गर्ने एवं निर्यातमुखी व्यापारको प्रवद्र्धन गर्ने उनको भनाइ थियो ।
उनले सातओटै प्रदेशमा वनजन्य उत्पादनको उद्योग स्थापना गरिनुपर्ने पनि बताए ।
तीनदिने प्रदर्शनीमा १० हिमाली जिल्लाका याक, चीज, छुर्पी, राडीपाखी, केशर, तोरा जुसलगायतका सामाग्री राखिएका छन् ।
स्थानीय बासिन्दाको आयस्तरमा वृद्धि गरी जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्