२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राजनीति भन्दा कागती खेतीले तान्यो भीम बिक्रमको मन


0
Shares

कविराज घिमिरे/ईमेज:
धनकुटा, फागुन १२ । धनकुटाको साँगुरीगढीका एक कृषकले ४० रोपनीमा कागती खेती सुरु गरेका छन् ।

राजनीति छाडेर कृषक भीम बिक्रम लिम्बुले बर्षौंदेखि बाँझो रहेको खेतमा कागती खेती सुरु गरेका हुन् ।

सरकारी जागीर, समाज सेवा हुँदै राजनीति यात्रामा होमिएका धनकुटाका साँगुरीगढी गाँउपालिका बडा नम्वर ८ बेगनाका ५२ बर्षिया भीम बिक्रम लिम्बु यतिबेला कागती खेती तर्फ आकर्षित भएका छन् ।

उनले आफ्नै गाँउमै चालिस रोपनि जग्गामा कागती खेती सुरु गरेका हुन् ।

२०६७ सालदेखि कागती खेतीमा लागेका लिम्बुले कास्मीरी, तेह्रथुमे, रिजालटासी गरी चार जातका एक हजार बोट कागती लगाएका छन् ।

हाल करीब दुई सय बोटले मात्र उत्पादन दिंदै आएको छ । जसको आम्दानी बार्षिक दुइ लाख रुपैयाँ हुने गरेको छ ।

तर एक हजार बोटले नै उत्पादन थालेपछि बार्षिक १२ देखि १५ लाख रुपैयाँ आम्दानी गर्ने लिम्बु बताउँछन् ।

२०५४ सालबाट तत्कालिन नेकपा माओवादीको राजनीतिमा होमिएका लिम्बु जिल्ला कोषाध्यक्ष भएसंगै राजनीति चटक्कै छाडेर कागती खेती तर्फ लागेका हुन् ।

आफु सानो हँुदा गाँउमा कागती प्रशस्त पाइने गरेको थियो । त्यसैलाई ब्यबसायीक रुप दिन लागि परेको उनको भनाइ छ । हालसम्म उनले कागती खेतीको लागि पाँच लाख रुपैयाँ खर्च गरेका छन् ।

एउटै बोटले एक बर्षमा दश हजार रुपैयाँसम्म आम्दानी दिने तथा ८० बर्ष सम्म उत्पादन लिन सकिने लिम्बु बताउँछन् ।

उनले ५ जनालाई रोजगारी समेत दिएका छन् । नेपालमा भविष्य नदेख्नेहरुलाइ मेहनत गरे यही केहि गर्न सकिने उनको सुझाब छ ।

जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांङ्क अनुसार धनकुटामा बार्षिक २ सय ५५ हेक्टरमा ६ सय १० मेट्रिक टन कागती उत्पादन हुने गर्दछ ।