२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


टेबलैपिच्छे फाइल रोकिने काम बन्द हुन्छ : प्रधानमन्त्री


0
Shares

बधाइ तथा शुभकामना दिन शनिबार बालुवाटर पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग उनले असफल हुनै नहुने विन्दुमा आफू रहेको बताए ।

‘जनताले स्थीर सरकार दिएका छन्, यो सुन्दर अवसर हो, यसको पूर्ण उपयोग गर्नुपर्छ’–उनले भने ।

आफू असल भए समृद्धिको आशा पनि असफल हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले लगानीमैत्री वातावरणका लागि अनुकूल वातावरण बनाउने भन्दै टेबलैपिच्छे फाइल रोकिने काम पनि बन्द हुने बताए ।

छिमेकीसँग सुमधुर सम्बन्ध रहेको भन्दै उनले कुनैपनि समस्या भए कूटनीतिक माध्यमबाट तत्काल समाधान खोजिने बताए ।

अब रोजगारीको अवसरलेमात्रै नहुने भन्दै रोजगारी युवाहरुलाई आकर्षण गर्ने खालको हुनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले कुनैपनि आयोजनाको ठेक्का लिइसकेपछि विभिन्न बहानामा ठेक्काको अवधि बढाउने र लागत पनि बढाउने काम पूर्णरुपमा बन्ने हुने पनि स्पस्ट पारे ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले २०७५–२०८५ को अवधिलाई ‘विकासको दशक’ घोषणा गरी सोहीअनुसार नीति तथा कार्यक्रम ल्याउन आग्रह गरिन् ।

आगामी नीति तथा कार्यक्रम सकारात्मक हुने उनको विश्वास थियो ।

महासंघले प्रादेशिक आर्थिक बहस सन्चालन गर्न लागिरहेको भन्दै उनले सातै प्रदेशको बहसपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी गरिरहेको बताइन् ।

सरकारले ल्याउने विकासका कार्यक्रमलाई पूर्णरुपमा सहयोग गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको उनले उल्लेख गरिन् ।

शनिबारै गैरआवासीय नेपाली संघका पदाधिकारीको टोलीले प्रधानमन्त्री ओलीलाई भेटी बधाइ तथा शुभकामना दिएको छ ।